Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

मिस टुरिजम-२०१८ को आवेदन खुल्ला

$
0
0

काठमाडौं, २ साउन । प्वाईन्ट मिडिया प्रालिले आगामी भदौ २ गते आयोजना गर्न गईरहेको ‘मिस टुरिजम–२०१८’ का लागि आज साउन २ गतेबाट देशभर आवेदन खुल्ला गरेको छ । प्वाईन्ट मिडियाले बुधवार पत्रकार सम्मेलन गरी मिस टुरिजमका लागी आवेदन खुल्ला गरिएको जानकारी दिएको हो ।

मिडियाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘मिस टुरिजम–२०१८’ को आयोजना गर्न लागेको जनाएको छ । यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन, आन्तरिक पर्यटकहरुको वृद्धि, पर्यटन क्षेत्रमा नयाँ अवसरहरु सिर्जना गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्ने प्वाईन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नविन काफ्लेले बताए ।

‘मिस टुरिजम–२०१८’ का लागी १८ देखि २५ वर्ष उमेर समुहका अविवाहित नेपाली महिलाहरुले आगामी साउन १२ गते सम्म आवेदन दिन पाउने मिडियाले जनाएको छ । आवेदन दिने मिति सकिएपश्चात् अडिसनवाट छानिएका प्रतिस्पर्धिहरु मध्येबाट उत्कृष्ठ २०, १० र ५ हुँदै आगामी भदौ २ गते काठमाडौंमा आयोजना हुने फाईनलले मिस टुरिजम–२०१८, मिस टुरिजम फस्ट रनर अप–२०१८, मिस टुरिजम सेकेण्ड रनर अप–२०१८ का साथै अन्य उत्कृष्ठ प्रतिस्पर्धिहरुको छनोट गर्नेछ ।

मिस टुरिजम–२०१८ लाई नगद रु. ५० हजार रुपैयाँ, मिस टुरिजम फस्ट रनर अप–२०१८ लाई ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अप–२०१८ लाई नगद २० हजार नगद रुपैयाँ प्रदान गरिनेछ । त्यसका साथै विभिन्न संस्था र कम्पनीका ब्राण्ड एम्बेसडर नियुक्त गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरहरु प्रदान गरिने प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक काफ्लेले वताए ।

The post मिस टुरिजम-२०१८ को आवेदन खुल्ला appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles