काठमाडौं, २ साउन । फरकपनका गीतसंगीत स्रोता तथा दर्शकमाझ पस्कँदै आएका गायक हेमन्त शर्मा यसपटक भने पातलीको मायामा चुर्लुम्मै डुबेका छन् ।
गायक शर्मा पातली बोलको गीत लिएर आएका छन् । बुधबार युट्युब च्यानलमार्फत उनले पातली गीत सार्वजनिक गरेका हुन् ।
आफ्नै शब्द, संगीत तथा स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक शर्मा आँफैले अभिनयसमेत गरेका छन् । गीतमा श्याम श्वयत रसाईलीको संगीत संयोजन रहेको छ ।
भिडियोमा शर्मालाई मोडल एलिसा राईले साथ दिएकी छिन् ।
शर्माले नै निर्देशन गरेको ‘पातली कै मयाँ लाउनी…’ को म्यूजिक भिडियोमा शिव विकको कोरियोग्राफि रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको म्यूजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।
The post पातलीको मायामा गायक हेमन्त शर्मा(भिडियोसहित) appeared first on Sajha Post.