Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

३५ वर्षीया कटरिनाको दश वर्षअघिको त्यो जन्मदिन !

$
0
0

एजेन्सी, ३२ असार । चर्चित बलिउड अभिनेत्री कट्रिना कैफले आज ३५ औं जन्मदिन मनाएकी छिन् । उनले आफ्नो जन्मदिन परिवारसँग लन्डनमा मनाएकी छिन् ।

पर्दामा मलयालम भाषी फिल्मबाट प्रवेश गरेकी कट्रिना पछिल्लो समय बलिउडकी स्टार अभिनेत्रीका रुपमा स्थापित छिन् । बलिउडमा राम्रो स्थापित कट्रिनाले यस वर्षभने पारिवारसँग जन्मदिन मनाएकी हुन् ।

उनका १० वर्षअघिको जन्मदिन निकै अविष्मरणीय छ । उनको जन्मदिनको पार्टीमा उपस्थिति दुई बलिउड वरिष्ठ नायक शाहरुख खान र सलमान खानबीच मनमुटाव भएको थियो ।

सन् २००८ को १६ जुलाइमा कटरिनाले जन्मदिनको पार्टी राखेकी थिइन् । जहाँ शाहरुख र सलमान पनि उपस्थित थिए । पार्टीमा सलमान खानले शाहरुख खानसँग आफ्नो टेलिभिजन शो ‘दश का दम’ लाई शाहरुखको शो ‘क्या आप पाँचवी पास से तेज हे’ को तुलनामा राम्रो टीआरपी मिलिरहेको बताएका थिए । सलमानले सुपरस्टार भएर पनि हिट शो गर्न नसकेको भन्दै शाहरुखलाई उक्साइरहेका थिए ।

सलमानले शाहरुखलाई किङ्ग खान जस्तो ट्याग प्रयोग गर्न बन्द गर्न समेत भनेका थिए । तर जब शाहरुखले सलमानकी पूर्व प्रेमिका ऐश्वर्या रायसँगको सम्बन्धबारे टिप्पणी गर्न सुरु गरे त्यसपछि उनीहरूबीच घम्साघम्सी नै भएकाे थियाे । स्थितीलार्इ साम्य पार्न शाहरुखकी पत्नी गौरीले शाहरुखलाई पार्टीबाट बाहिर लगिन भने सलमानलार्इ कटरिनाले सम्हालेकी थिइन् ।

यो घटनापछि शाहरुख खान र सलमान खानबीच पाँच वर्षसम्म बोलचाल भएन । सन् २०१३ मा कांग्रेस नेता बाबा सिद्धिकीले आयोजना गरेको पार्टीमा यी दुईबीचको मनमुटाव सुल्झाइएको थियो ।

The post ३५ वर्षीया कटरिनाको दश वर्षअघिको त्यो जन्मदिन ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles