काठमाडौं, २९ असार । बलिउड अभिनेत्री पूनम पाण्डे फिफा विश्वकपको फाइनल खेल हेर्न काठमाडौं आउने भएकी छन् । सामाजिक सञ्जाल ट्टीटरमा उनले आफूले डेजाभूमा बसेर फाइनल हेर्न लागेको जानकारी दिएकी हुन् ।
यसै आइतबार अर्थात् १५ जुलाईमा हुने विश्वकपको फाइनलका लागि आफ्नो फ्यानले नेपाल बोलाएको उनले भनेकी छन् । उनले दरबारमार्ग स्थित डेजाभू क्लबमा फाइनल म्याचको मज्जा लिनेछिन् । आयोजकका अनुसार पूनमसँग म्याच हेर्न टिकट बुकिङको व्यवस्था गरिएको छ ।
पूनम पाण्डे सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । इंस्टाग्राममा उनलाई करिब १७ लाखले फलो गरेका छन् । उनी सामाजिक सञ्जालमा हट एण्ड सेक्सी फोटोहरु अपलोड गर्ने गर्छिन् ।
Watch Football Final with me on 15th July 2018 at Club Deja Vu Kathmandu #Nepal #NAUGHTYfifa #WORLDCUP #Fifa .. Got a Naught Surprise for You All 😉 pic.twitter.com/2ePfWGRDAv
— Poonam Pandey (@iPoonampandey) July 12, 2018
The post दरबारमार्गको डेजाभूमा पूनम पाण्डेले विश्वकप फाइनल हेर्ने appeared first on Sajha Post.