२४ असार । बलिउडका अभिनेता मिथुन चक्रवर्ती यतिवेला पारिवारिक उल्झनमा फसेका छन् । सोही कारण आफ्ना जेठा छोरा महाअक्षय चक्रवर्तीको विवाह समेत रोकिएको छ ।
हिजो शनिवार विवाहका लागि तय भएपछि विवाहको तयारी गरिरहेको ठाउँमा प्रहरी पुगेपछि विवाह महाअक्षयको विवाह रोकिएको हो ।
भोजपुरी अभिनेत्रीले महाअक्षयमाथि बलात्कार र जबरजस्तीलगायत मिथुनकी श्रीमती योगिताले जर्बजस्ती गर्भपतन गराएको भन्ने मुद्धा हालेपछि मिथुनको पारिवारिक झमेला बढ्दै गएको हो ।
यही कारण हिजो हुने भनिएको टेलिभिजन अभिनेत्री शिला शर्मा र निर्देशक सुभाष शर्माकी छोरी मादलशा शर्मासँग महाक्षयको विवाह हुनेवाला थियो । तर त्यो पनि रोकिएको छ ।
महाअक्षय र ती भोजपुरी नायिकाको भेट सन् २०१५ मा भएको थियो । दुवैले विवाह गर्ने भन्दै नजिकिएका थिए भने चारवर्षसम्म मस्ती मारेर महाअक्षयले ती अभिनेत्रीलाई धोका दिएको अभिनेत्रीको आरोप छ ।
एजेन्सीको सहयोगमा
The post बलात्कार काण्डले मिथुन चक्रवर्तीका छोराको विवाह रोकियो appeared first on Sajha Post.