Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

आलियासँगको अफेयरबारे रणबीरले गरे यस्तो खुलासा

$
0
0

एजेन्सी, १७ जेठ । बलिउड अभिनेता रणबीर कपुरले अभिनेत्री आलिया भटसँगको आफ्नो प्रेम सम्बन्धलाई औपचारिकरुपमा स्वीकार गरेका छन् । जिक्यू इन्डियासँगको एक अन्तरवार्तामा रणबीरले आलियासँगको आफ्नो अफेयर हल्ला नभएर वास्तविक भएको बताए । अन्तर्वार्तामा रणबीरले आफ्नो करियर र व्यक्तिगत जीवनबारे धेरै खुलासा गरेका छन् ।

उनले इन्डस्ट्रीमा १० वर्ष बताएर करिब १४ वटा फिल्ममा अभिनय गर्दा पनि आफ्नो करियर धेरै सफल नभएको बताए ।

यसैक्रममा उनलाई आलियासँग वास्तवमै प्रेम सम्बन्धमा रहेको भन्ने प्रश्न गरिदाँ उनले भने, ‘हो यो सबै अहिले नयाँ छ । यो विषयमा अहिले नै कुरा गर्न उचित हुँदैन । एक कलाकारकोरुपमा, एक व्यक्तिकोरुपमा अहिले आलिया बगिरहेकी छिन् । जब म उनको काम देख्छु, जब उनलाई एक्टिङ गरेको देख्छु, उनले जीवनमा जे दिएपनि म आफ्नो स्वीकार्न तयार छु ।’

यस अघिको अन्तर्वार्तामा रणबीरले आलियासँगको सम्बन्धबारे एक पुरुष भएको नाताले आफू आलियाप्रति आकर्षित भएको बताएका थिए । दुबै पहिलोपटक फिल्म ‘ब्रह्मास्त्र’मा एकैसाथ देखा पर्दैछन् ।

The post आलियासँगको अफेयरबारे रणबीरले गरे यस्तो खुलासा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles