Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अभिनेत्रीद्वय करीना र सोनमलाई झट्का

$
0
0

एजेन्सी, १७ जेठ । बलिउड फिल्म ‘वीरे दी वेडिंग’को मुख्य भूमिकामा रहेका अभिनेत्रीद्वय करीना कपूर र सोनम कपूरलाई झट्का लागेको छ । पाकिस्तानले फिल्म प्रदर्शनमा रोक लगाएपछि फिल्म यूनिट यतिबेला तनावमा छ । फिल्ममा आपत्तिजनक डायलग र सीन भएको भन्दै फिल्मलाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको हो ।

पाकिस्तानको सेंट्रल बोर्ड अफ फिल्म सेंसरका प्रमुख दान्याल गिलानीले आईएनएसलाई दिएको एक अन्तर्वार्तामा भनेका छन् कि सीबएसीका सदस्यहरुक सर्वसम्मतिअनुसार यस फिल्मलाई सिनेमाघरमा सर्वसाधारणका लागि रिलिज गर्ने निर्णय दिइएको छैन ।

शशांक घोषद्वारा निर्देशित यस फिल्ममा चार साथीको कहानीलाई देखाइएको छ ।

फिल्म जून १ देखि रिलिज हुँदैछ ।

The post अभिनेत्रीद्वय करीना र सोनमलाई झट्का appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles