एजेन्सी, १५ जेठ । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री अनुष्का शर्मा अमेरिकास्थित नासा पुगेका छन् । यी दुई कलाकार आफ्नो अपकमिङ फिल्म ‘जिरो’ को क्लाइमेक्स सिनको शूटिङका लागि नासा पुगेका हुन् ।
खबरहरुको अनुसार फिल्म ‘जिरो’ को क्लाइमेक्स सिन नासामा हुँदैछ । यसको लागि जिरोको सम्पूर्ण टोली नासा पुगिसकेका छन् ।
स्रोतहरुका अनुसार फिल्ममा नासाको रकेट तथा शटल जस्ता बस्तुहरु पनि देखाइनेछन् । क्लाइमेक्स सिनका लागि पुरा टिम लगभग ४५ दिनका लागि नासामा रहने सेड्युल छ । रोचक कुरा के छ भने शाहरुख खान कुनै फिल्मको लागि १४ वर्षपछि नासामा शुटिङ गर्दैछन् यस अघि उनले २००४ मा फिल्म ‘स्वदेश’को लागि नासामा शुटिङ गरेका थिए ।
फिल्ममा शाहरुखसँग अनुष्का शर्मा र कैटरिना कैफ पनि देखा पर्दैछिन् । शाहरुखको अलावा माधवन पनि फिल्ममा मूख्य भुमिकामा छन् । फिल्ममलाई आनन्द एल रायले निर्देशन गरेका हुन् । फिल्ममा शाहरुख एक बोनेको भूमिकामा छन् । यो फिल्म २१ डिसेम्बरमा रिलिज हुँदैछ ।
The post किन नासा जाँदैछन् शाहरुख र अनुष्का ? appeared first on Sajha Post.