एजेन्सी, ६ जेठ। बलिउडमा लब अफयेरबारे ठुलै चर्चा हुने गरेको छ । ब्रेकअप तथा लिंकअपका समाचाहरु बारम्बार मिडियामा आइनै रहन्छन् ।
के तपाईलाई थाहा छ बलिउडमा केही यस्ता सेलीब्रिटीहरु छन् जसले एउटी होइन दुईटी पनि होइन तीनवटी सम्म विवाह गरेका छन् । तीमध्येका एक अभिनेता हुन् संजय दत्त ।
दत्त खानदानका एकमात्र छोरा संजय प्राय विवादमा परिनै रहे । उनी जीवनमा ठुला उतारचढाव आइनै रहे । उनले जस्तो समस्या अरु सेलिब्रिटीले देखेका छैनन होला । संजय दत्त तीनपटक विवाह बन्धनमा बाँधिए ।
संजयकी पहिली पत्नी अभिनेत्री रिचा शर्मा थिइन् । उनको ब्रेन टुयुमरका कारण मृत्यु भएको थियो ।
त्यसपछि उनलाई साथ दिइन् रिया पिल्लाइले । तर यो सम्बन्ध धेरै समय टिक्न सकेन र उनीहरु अलग्गिए । त्यसपछि सन् २००८ मा संजयले मान्यतासँग विवाह गरेका थिए ।
The post संजय दत्तको जीवनमा जब यी युवतीहरुको प्रवेश भयो appeared first on Sajha Post.