Quantcast
Viewing all articles
Browse latest Browse all 3084

माओत्से तुङको नक्कल गरेपछि चिनियाँ अभिनेता विवादमा

Image may be NSFW.
Clik here to view.

एजेन्सी, १५ जेठ । चीनको हुनान प्रान्तस्थित ब्लकचेन टेक्नोलोजीमा आयोजित एक सम्मेलन प्रदर्शन गरिएको एउटा पब्लिक स्टन्ट हाल सामाजिक सञ्जालमा विवादको विषय बनेको छ ।

उक्त सम्मेलनमा एक अभिनेताले चीनका दिवंगत नेता माओत्से तुङको नक्कल उतारेका थिए जसकारण आयोजकहरु विवादमा परेका हुन् ।

हुनानमा आयोजित बोआओ ब्लकचेन फोरम फर एसिया सम्मेलनमा अभिनेता शू ग्वाशियांगले नेता माओत्से तुङको जस्तै कपडा लगाएर उनको आवाजको नक्कल गरेका थिए ।

चीनमा नेताहरुको नाम र तस्वीर व्यापारिक प्रयोजनका लागि प्रतिबन्ध लगाइएको छ । पछि आयोजकले त्यस्तो स्टन्टको लागि माफी पनि मागेक थिए ।

माओलाई आधुनिक चीनको संस्थापक मानिन्छ र चीनमा उनलाई धेरै आदर गरिन्छ ।

The post माओत्से तुङको नक्कल गरेपछि चिनियाँ अभिनेता विवादमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles