एजेन्सी, १५ जेठ । भनिन्छ, मायाले जात, धर्म र उमेरलाई हेर्दैन । जब माया बस्छ दोस्रो कुनै चीजले महत्व राख्दैन । तर, सुन्दा यी सबै फिल्मी लाग्छन् । वास्तविक जीवनमा पनि यस्ता केही घटनाहरु छन् जसले माथिका लाइनलाई सार्थक बनाएको छ । मायामा नपर्नेहरु कुमारी हुन्छन् भन्ने सामाजिक तर्क पनि रहने गरेको छ । त्यस्तै आज हामी बलिउडका केही कुमारी अभिनेत्रीहरुको बारेमा चर्चा गर्दैछौं ।
नंदा
बलिउडकी सुन्दरी अभिनेत्री नंदाको विवाह नै भएन । उनी आफ्नो जमानाको चर्चित अभिनेत्री हुन् । नंदाले बलिउडमा केही हिट चलचित्रहरु दिएकी छन् । नंदाको इंगेजमेन्ट निर्देशक मनमोहन देसाईसँग भएको थियो । तर, अफसोस विवाहअघि नै देसाईको मृत्यु भयो । त्यसपछि उनले विवाह नै गरिनन् । नंदाको मृत्यु सन् २०१४ मा भएको थियो ।
सुलक्षणा पंडित
यस सूचीमा सुलक्षणा पंडितको नाम पनि आउने गरेको छ । सुलक्षणाले निकै सानो उमेरदेखि नै किशोर कुमारसँग स्टेजमा गीत गाउन शुरु गरेकी थिइन् । एक गायिकाका अलवा उनी अभिनेत्री पनि हुन् । तर, उनले पनि बिहे गरिनन् । संजीव कुमारसँग प्रेम सम्बन्ध रहेको हल्ला चलेपनि उनले विवाह गरिनन् ।
उनले संजीव कुमारसँग बिहेको सपना नै देखेकी थिइन् । तर, संजीव कुमारले सुलक्षणासँग बिहे गरेनन् । यसपछि सुलक्षणा पनि टुटिन् र विवाह नगर्ने निधो गरिन् ।
आशा पारेख
अर्की अभिनेत्री आशा पारेखले आजसम्म विवाह गरेकी छैनन् । आशा पारेख पनि आफ्नो जमानाको चर्चित अभिनेत्री हुन् । आशा पारेखको निर्माता नासिर हुसैनसँग प्रेम थियो । उनले केही समयअघि दिएको एक अन्तर्वार्तामा भनेकी छन्, ‘नाजिर एक यस्तो मानिस थिए, जसलाई मैले माया गरेँ ।’ उनले भनिन्, ‘मैले यसकारण नाजिरसँग बिहे गरिनँ कि म कसैको घर बिगार्न चाहन्नथेँ ।’
परवीन बाबी
सत्तरी र असीको दशकमा बोल्ड अवतार पस्केकी परवीन बाबीको फ्यान धेरै थिए । परवीन बाबीको जिन्दगी एक खुला किताबको रुपमा रह्यो । उनी निकै बिन्दास थिइन् । ‘अमर अकबर एंथोनी’, ‘नमक हलाल’ र ‘शान’ जस्ता सुपरहिट फिल्ममा काम गरेकी बाबीको वास्तविक जीवनमा लगनगाँठो कसिनन् । उनको विवाह नभएपनि केही बिहे गरिसकेका पुरुषहरुसँग उनको प्रेम सम्बन्ध थियो । यसमा महेश भट्ट, कबीर बेदी र डैनी डेनजोगपाको नाम आउने गरेको थियो । सन् २००५ मा मुम्बईस्थित आफ्नै फ्ल्याटमा उनी मृत भेटिएकी थिइन् ।
अनु अग्रवाल
नब्बेको दशकमा फिल्म ‘आशिकी’को माध्यमबाट दर्शकहरुको मन जितेकी अनु अग्रवालको जिन्दगी सोचेजस्तो रहेन । आशिकीमा काम गरेपछि उनी रातारात सुपरस्टार भइन् तर बिहे गरिनन् । एक दुर्घटनामा उनको अनुहारमा खराबी आयो । केही वर्षदेखि उनी गुमनामी जिन्दगी बिताइरहेकी छन् ।
तब्बू
सुन्दरी अभिनेत्री तब्बू अहिले ४६ वर्षकी भइन् । तर, उनी हालसम्म कुमारी छिन् । यतिसम्म कि उनले कोहीसँग पनि प्रेम सम्बन्ध गाँसिन नि विवाह नै गरिन् । तब्बूको नाम फिल्म निर्माता साजिद नाडियाडवाला र साउथ स्टार नागार्जुन जोडिएर आउने गरेको थियो । तब्बूको सुन्दरतामा अहिले पनि कमी आएको छैन ।
नगमा
यी अभिनेत्रीहरुको लिस्टमा नगमाको पनि नाम आउने गर्छ । उनले पनि अहिलेसम्म लगनगाँठो कसेकी छैनन् । उनको अफेयर क्रिकेटर सौरभ गांगुलीसँग भएको चर्चा छ । उनी अहिले राजनीतिमा छिन् ।
सुष्मिता सेन
बलिउडकी पूर्व मिस युनिभर्स सुष्मिता सेनको नाम पनि यसै सूचीमा अटाउँछ । सुष्मिताको जिन्दगी फिल्मभन्दा बढी अफेयरसँग जोडिएको खबर वरिपरी घुमिरह्यो । हालसम्म विवाह नगरेकी उनले दुई बच्चालाई धर्मपुत्रीको रुपमा राखिन् ।
The post आशादेखि सुष्मितासम्म : यी हुन् ८ अविवाहित बलिउड अभिनेत्री appeared first on Sajha Post.