एजेन्सी, १४ जेठ । ८ मेमा बलिउड अभिनेता अनिल कपुरले आफ्नी छोरी सोनम कपुरको विवाह सम्पन्न गरे । विवाह समारोहमा सम्पूर्ण बलिउड स्टारहरुलाई निमन्त्रणा दिइयो र सबैले उपस्थिती जनाएर विवाहलाई रंगीन बनाए ।
तर धेरथोर स्टारहरु भने आफ्नो व्यस्तताको कारणले विवाह समारोहमा उपस्थित हुन पाएनन् । व्यस्तताको कारणले अभिनेत्री दिपिका पादुकोण पनि विवाहमा उपस्थित हुन पाइनन् । हालै जब दिपिका र अनिलबीच भेट भयो तब अनिलले दिपिकालाई देख्ने वित्तिकै भने, ‘मैले तिमीलाई धेरै मिस गरे ।’
त्यसको जवाफमा दिपिकाले भनिन्, ‘हजुर, मलाई थाहा छ । मलाई माफ गरिदिनुस् म त्यस समय कान्समा थिए ।’ दिपिका विवाह समारोहमा उपस्थित नभए पनि उनका प्रेमी रणवीर सिंह भने सोनमको रिसेप्सनमा नाच्दै गाउँदै गरिएको देखिए ।
सोनम कपुर र रणवीर सिंह मेटर्नल कजिन हुन् । दुबैका आमा दिदी बहिनी हुन् ।
रणवीर र दिपिका पादुकोण चाँडै विवाह गर्दैछन् ।
The post यसकारण अनिल कपुरसँग दिपिकाले माग्नुपर्यो माफी appeared first on Sajha Post.