एजेन्सी, १४ जेठ । बलिउड अभिनेता अर्जुन र उनकी पत्नी जेसियाको सम्बन्धविच्छेद भएको छ । खबरका अनुसार पूर्व मिस इंडिया मेहर जेसिया र अर्जुन रामपालले आफ्नो २० वर्ष लामो सम्बन्धलाई अन्त्य गर्ने निधो गरेका हुन् । लामो समयदेखि यी दुईबीच मनमुटाव रहँदै आएको थियो ।
यतिमात्र होइन यी दुईबीच राम्रोसँग कुराकानी समेत हुँदैनथ्यो । यसैबीच अर्जुन आफ्नी पत्नी र बच्चा लामो समयदेखि अलगै बस्दै आएका थिए । जारी मनमुटावका बीच दुवैले सम्बन्धविच्छेद गर्ने निर्णय लिएका हुन् ।
अर्जुनको दुई छोरी माहिका र माहिरा छन् । उनीहरुले २० वर्ष लामो वैवाहिक जीवनलाई अन्त्य गर्ने समय आएको समेत बताएका छन् । छुट्टिएपछि पनि आफूहरु साथीको रुपमा रहने र परेको बेला सहयोग गर्ने दुवैको भनाई थियो ।
The post अर्जुन र मेहरको सम्बन्धविच्छेद appeared first on Sajha Post.