Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अक्षयको ‘हाउसफुल ४’मा नयाँ अभिनेत्री देखिने !

$
0
0

एजेन्सी, १३ जेठ । यतिबेला ‘हाउसफुल ४’ले बलिउड गर्माएको छ । एकपटक पुन: कमेडी डोज दिनका लागि अक्षय कुमार लागिपरेका छन् । केही दिनअघि मात्र फिल्मको आधिकारिक घोषणा गरिएको थियो । फिल्ममा यसपटक अक्षय कुमार र रितेश देशमुखका साथ एक नयाँ अनुहारको प्रवेश भएको छ । यसमा बबी देओलको नाम पहिले देखिनै बाहिर आइसकेको छ ।

त्यस्तै फिल्ममा कृति सेनन र पूजा हेगडेको नाम पनि पहिल्यै कन्फर्म भइसकेको थियो । यसका अलवा अहिले खबर आइरहेको छ कि फिल्ममा एक नयाँ अभिनेत्रीको प्रवेश भएको छ । खबरका अनुसार यस फिल्ममा कृति खरबंदा पनि देखिने भएकी छन् । तर, यसको आधिकारिक घोषणा भने भइसकेको छैन ।

फिल्मलाई नाडियाङवाला प्रोडक्शनले बनाइरहेको छ भने साजिद खानले निर्देशन गरिरहेका छन् ।

The post अक्षयको ‘हाउसफुल ४’मा नयाँ अभिनेत्री देखिने ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles