एजेन्सी १२ जेठ । बलिउडका चर्चित अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले आगामी नोभेम्बर १९ मा विवाह गर्ने भएका छन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले ज्योतिषको सल्लाह बमोजिम यसै वर्षको नोभेम्बर १९ का लागि मिती तय गरेको हो । उनीहरुको विवाहको साइत दिपिकाको परिवारले तय गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
ज्योतिष साइत अनुसार नोभम्बर १९ विवाहका लागि उत्कृष्ट रहेकाले रणवीरको परिवार पनि यसमा सहमत देखिएको ‘भास्कर डटकम’मा उल्लेख छ । उनीहरुको विवाह दक्षिण भारतीय संस्कारअनुसार हुने उल्लेख गरिएको छ ।
The post बलिउड स्टार दीपिका र रणवीरको विवाह नोभेम्बरमा appeared first on Sajha Post.