राजाराम पौडेल
पोखरा, १२ जेठ । पोखरामा नाटक ‘बितेका कुरा’ मञ्चन जारी रहेको छ । पोखराको ग्रैहपाटनमा सञ्चालनमा आएको पोखरा थिएटरको गन्र्धव नाटक घरमा जेठ ३ गतेबाट मञ्चन सुरु भएको नाटक जेठ १९ गते सम्म नियमित हुनेछ ।
रुपनारायण सिँहले लेखेको यो नाटक पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले निर्देशन गरेका छन् । नाटकमा पुराना रंगकर्मी प्रकट पंगेनी शिव देखि दिलप्रसाद गुरुङ, धुर्व पौडेल, बबिता मल्ल ठकुरी, प्रसुना भण्डारी, सम्झना सिर्पाली, शरद भण्डारी, सुर्य सुवेदी, रोशन ज्ञवाली, सौरभ तिम्सिना, सिम्रन पौडेलको अभिनय रहेको छ । एक घण्टा लामो नाटकमा हाम्रो समाजमा घट्ने घटनालाई यथार्थचित्रण गरिएको छ ।
नाटक सोमबार बाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन भइरहेको छ । शनिबार दिउँसो १ बजे अतिरिक्त सो मार्फत दर्शकले नाटक हेरिरहेका छन् । अग्रिम बुकिङ मार्फत अतिरिक्त सो मार्फत नाटक हेर्ने अवसर तहाँ मिल्नेछ ।
नाटक हेर्न सर्वसाधरणका लागि तीन सय तथा पाँच सय रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ । विद्यार्थीको हकमा भने एक सय रुपैयाँको टिकट लाग्नेछ । यसअघि पोखरा थिएटरको पहिलो प्रस्तुतीमा नाटक सिरुमारानी मञ्चन भएको थियो ।
The post नाटक ‘बितेका कुरा’ मञ्चन जारी appeared first on Sajha Post.