एजेन्सी, १० जेठ । बलिउडका ‘बाहुबली’ प्रभास हालका दिनमा आफ्नो अपकमिङ फिल्म ‘साहो’ सुटिङमा व्यस्त छन् । साहोको सुटिङ अहिले युएइमा चलिरहेको छ । त्यहाँ फिल्मको एक्सन सिक्वेन्स शूट भइरहेको छ । रिपोर्टका अनुसार उक्त सिक्वेन्सको शूटको लागि फिल्म निर्माता ९० करोड बजेट खर्च गर्दैछन् ।
यो एक्सन सिक्वेन्स अन्तराष्ट्रिय स्टन्ट किरयोग्राफर केनी बेट्सको निर्देशनमा शूट हुँदैछ । यसै वर्ष रिलिज हुने यो फिल्मको निर्देशन सुजीत हुन् ।
फिल्म बाहुबली निर्माणमा १८० करोड खर्च हुँदा साहोको एक्सन सिक्वेन्समा मात्र ९० करोड खर्च हुन्छ भने यो फिल्म कस्तो बन्दैछ भन्ने अन्दाजी जो कोहीले लगाउन सक्छ । यो फिल्मको पुरा बजेट ३०० करोड हुने बताइएको छ । यसलाई बलिउडको दोस्रो महंगो फिल्म हुने बताइएको छ भने सबैभन्दा महंगो फिल्म 2.0 निर्माण हुँदैछ ।
साहोको एक्सनमा वास्तबिक सिन निर्माण गर्नका निम्ति ३७ वटा कार र ५ वटा ट्रकहरु प्रयोग गरिएका छन् । शूटको क्रममा सबै ध्वस्त भएका छन् । स्पेशन भिज्वेल इफेक्टले वास्तविक दृश्यको आभाष नगराउने कारणले यस्तो गरिएको बताइएको छ ।
यसै फिल्मका लागि दुई वर्ष अघि कोनी बेट्ससँग आफुहरुले भेटघाट गरेको प्रभासले खलीज टाइम्ससँगको अन्तरवार्तामा बताएका छन् ।
फिल्ममा प्रभाषको साथमा श्रद्धा कपूर लीड रोलमा देखा पर्नेछिन् । साथै निल नितिन मुकेश, महेश माँजरेकर, मदिर बेदी र जैकी श्रफले पनि फिल्ममा अभिनय गरेका छन् ।
The post प्रभासको अपकमिङ फिल्म ‘साहो’मा ९० करोड बजेटको एक्सन सिक्वेन्स appeared first on Sajha Post.