एजेन्सी, १० जेठ । बलिउडमा २०१८ को वर्षले विवाहको वर्षको पहिचान बनाएको छ । अभिनेत्री सोनम कपुर लगायत नेहा धूपिया, हिमेश रेशमियाको विवाहपछि यसै वर्ष बलिउडको अर्को जोडी विवाह बन्धनमा बाँधिने खबर बाहिर आएको छ ।
एक अंग्रेजी वेभसाइटका अनुसार बलिउडका स्टार कपल दिपिका पादुकोण र रणवीर सिंह यहिँ नोभेम्बरको १८ देखि २० तारिखको बीचमा विवाह बन्धनमा बाधिँदैछन् ।
खबर अनुसार यी दुईको विवाह मुम्बईमा हुनेछ । तर यस खबरलाई दिपिका र रणवीर कसैको पक्षबाट पनि पुष्टि गरिएको छैन । दिपिका र रणवीरको विवाहको चर्चा धेरै समयदेखि चल्दै आएको थियो ।
यस अघि डिएनए वेभसाइटले विवाहको बारेमा दुबै परिवारबीच कुराकानी चलिरहेको खबर दिएको थियो । वेभसाइटको अनुसार दिपिकाले विवाहको निम्ति आफ्नो टिमलाई छुट्टी दिन पनि अस्वीकार गरेकी छिन् । उनले मेकअप आर्टिस्टदेखि मेनेजर समेतलाई विवाहसम्म रहन भनेकी छिन् ।
रणवीर र दिपिका केही दिन अघि अपार्टमेन्टको खोजीमा ओमकार १९७३ पुगेका थिए । त्यहाँ पहिलेबाट नै विराट र अनुष्का शर्मा बस्दै आइरहेका छन् ।
केही दिन अघि सोनम कपुरले आफ्नो एक अन्तरवार्तामा आफ्नो परिवारले दिपिका र रणवीरको विवाहको प्रतिक्षा गरिरहेको बताएकी थिइन् ।
The post दिपिका र रणवीरको विवाह मिती तय appeared first on Sajha Post.