काठमाडौं, ८ जेठ । संजय दत्तको सुपरहिट फिल्म’लगे रहो मुन्नाभाई’मा काम गरिसकेका मराठी अभिनेता डा. हेमू अधिकारीको ८१ वर्षको उमेरमा निधन भएको छ । उनलाई डेढ वर्ष अघिदेखि एक प्रकारको इन्फेक्शनले सताइरहेको थियो । उनको परिवारमा पत्नी, दुई छोरी र एक छोरा छन् ।
डा. अधिकारी मराठी थिएटरका परिचित अभिनेता थिए । उनले ४५ नाटक, हिन्दी र मराठी गरी १४ फिल्म र अन्य ७ टिभी सिरियलमा काम गरेका छन् ।
सन् २००६ मा रिलिज भएको राजू हिरानीको फिल्म ‘लगे रहो मुन्नाभाई’मा हेमूले एक रिटायर्ड शिक्षकको भूमिका निभाएका थिए ।
The post बलिउड अभिनेता डा. अधिकारी रहेनन् appeared first on Sajha Post.