Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

करिनाका कारण फिल्मबाट निकालिए सिद्धार्थ मल्होत्रा

$
0
0

३१ वैशाख । बलिउडमा इन्ट्री मार्ने वित्तिकै सफल बन्नेहरु कमै हुन्छन् । त्यसमा पनि इन्ट्रीकै लागि पनि संघर्षरत कैयन कलाकारहरु त्यसै हराएर जान्छन् । त्यस्तै एउटा कलाकार जो बलिउडमा इन्ट्री मारेको धेरै समय भैसक्यो तर जम्न भने सकेका छैनन् । अझ अहिले त नायिकासँग जोडी नमिलेको भन्दै फिल्मबाट निकालिए ।

निर्माता निर्देशक करण जोहरले निर्माण गर्न लागेको फिल्ममा नायिका करिना कपुरको जोडी बनेर सिद्धार्थ मल्होत्राले अभिनय गर्ने यसअघि नै समाचार बाहिरिएको थियो । यो जोडीका अलावा फिल्ममा दोस्रो जोडी अभिनेता कार्तिक आर्यन र जान्ह्वी कपूरलाई साइन गराइएको कुरा पनि सार्वजनिक भएको छ । तर करीनाको जोडीको रुपमा अभिनेता सिद्धार्थलाई साइन गराउने बेलामा भने उनी फिट नभएको भन्दै अर्काे अभिनेता खोज्दैछन् निर्माता निर्देशक करण जोहर ।

करणले अभिनेत्री करीनाको अपोजिट सिद्धार्थ फिट नभएको भन्दै अर्को अभिनेताको खोजीमा रहेका छन् ।

एकपछि अर्को फिल्मबाट असफलताको स्वाद चाखेका सिद्धार्थको हातबाट भने एक ठूलो ब्यानरको फिल्म हातबाट बाहिर गएको छ । ओरालो लागिरहेको करियरलाईमाथि उठाउन सही फिल्मको खोजीमा रहेका सिद्धार्थले यस फिल्मबाट बाहिरिनु परेको छ ।

यस्तै अभिनेता कार्तिक आर्यनलाई भने धर्मा प्रोडक्शन कम्पनीले फिल्मका लागि अनुबन्धन गरिसकेको छ । यस फिल्ममा धर्मा प्रोडक्सनकै अर्को फिल्म ‘धडक’ मार्फत डेब्यू गरिरहेकी जान्ह्वीको साथमा कार्तिकलाई हेर्न सकिनेछ ।

अभिनेत्री करीना छोरा तैमुर जन्मिएपछि बलिउडमा फर्किन निकै मेहेनत गरिरहेकी छिन् ।

धर्मा प्रोडक्सनको निर्माणमा बनिरहेको यस नयाँ फिल्मको निर्देशन राज मेहताले गर्दैछन् ।

The post करिनाका कारण फिल्मबाट निकालिए सिद्धार्थ मल्होत्रा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles