नयाँ दिल्ली । भारतको एक विद्यालयमा अचम्मको प्रश्नपत्र निकालिएको छ । जुन प्रश्नपत्रको एउटा प्रश्न सुन्दा मात्र पनि हर कोही अचम्ममा पर्छन् । उक्त प्रश्नपत्र निकाल्ने विद्यालयलाई र परीक्षालाई मानिसहरुले अहिले मजाकमा उडाइरहेका छन् ।
महाराष्ट्रको एउटा विद्यालयमा नौ कक्षाको परीक्षामा विराट कोहलीको गर्लफ्रेन्डको नाम सोधिएको थियो । यो घटना चाचा नेहरु हिन्दी हाइस्कुल भिवडीको हो । सो प्रश्न शारीरिक शिक्षण(पीटी) को परीक्षामा विद्यार्थीहरुलाई सोधिएको थियो ।
विद्यार्थीहरु ६ नम्बरको प्रश्न देखेर हैरान भएका थिए । प्रश्न थियो, विराट कोहली के गर्लफ्रेन्डको नाम …है । (प्रियंका, अनुष्का, दीपिका)
यो प्रश्न सोधिएको प्रश्नपत्र अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
स्रोत :hindi.news24online
The post प्रश्नपत्रमा सोधियो यस्तो रोचक प्रश्न…विराट कोहलीको गर्लफ्रेन्डको नाम के हो ? (प्रश्नपत्रसहित) appeared first on Sajha Post.