Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

​महोत्सवमा गायिका ज्योति मगरलाई प्रतिवन्ध !

$
0
0

सुनसरी, २० चैत । नेपाली लोक दोहोरी गायिका तथा कलाकार ज्योति मगरलाई महोत्सवमा प्रतिबन्धित गरिएको छ ।

ज्योतिको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गर्ने भन्दै वैशाखको पहिलो साता हुन गइरहेको सुनसरी इटहरीको तालतलैयाको महोत्सवमा उनलाई प्रतिबन्धित गरिएको हो ।

ज्योतिको उत्तेजक प्रस्तुति रोक्नका लागि उनीमाथी प्रतिबन्ध लगाइने इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।

सुनसरी सदरमुकाम इनरुवामा आयोजित हिंसा न्यूनीकरण विषयक कार्यक्रममा बोल्दै उपप्रमुख गौतमले उच्छृङखल प्रस्तुतिले समाजमा विकृति निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै त्यस्तोलाई प्रोत्साहन दिने खाले काम गर्न इटहरी उपमहानगरपालिकाले इजाजत नदिने बताइन् ।

गायिका ज्योतिप्रति खरो रुपमा प्रस्तुत भएकी उपप्रमुख गौतमले भनिन्, ‘नाङ्गो नाच्ने कामले महिला हिंसाका घटना बढिरहेका छन् । कलाकारको नाममा समाजलाई उत्तेजित पार्ने छुट कसैलाई छैन ।’

पछिल्ला समय बलात्कारका घटना बढेपछि नियन्त्रणका लागि कार्ययोजना बनाउन देशब्यापी सर्कुलर जारी भइरकेका बेला ज्योति मगरको भड्किलाे र उत्तेजक उत्तेजक प्रस्तुतिले महिला हिंसालार्इ प्रसय दिने गाैतमकाे भनार्इ छ । तर यदि ज्याेतिले शरीर ढाक्ने कपडा लगाइ अाउने भएमा भने उनलार्इ नराेक्ने बताइएकाे छ ।

उसाेतः ज्याेति मगरलार्इ महाेत्सवमा प्रवेशमा राेक लगाइएकाे याे नै पहिलाे घटना भने हाेइन । उत्तेजक प्रस्तुती र भड्किलाे कपडामा उपस्थित हुने ज्याेतिलार्इ यसअघि पनि धेरै महाेत्सवहरूमा राेक लगाइएकाे थियाे ।

The post ​महोत्सवमा गायिका ज्योति मगरलाई प्रतिवन्ध ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles