एजेन्सी, २० चैत । मनमा केही गर्ने दृढ इच्छा र आफैमा विश्वास छ भने शारीरिक कमजोरीले मानिसलाई कहिल्यै हार खुवाउन सक्दैन । यो भनाइलाई आफ्नै कर्मले प्रमाणित गरेका छन् जापानी पोर्नस्टार निशिकुनले ।
तीन फिट छ इन्च उचाइ, बच्चाको झैं निर्दोश अनुहार भएका निशिकुन वास्तवमा २४ वर्षका चर्चित पोर्नस्टार हुन् । जापान बाहेक विश्वका अन्य देशमा पनि आफ्नो फरक पहिचान स्थापित गरिसकेका निशिकुन आफ्नो प्रतिकूल शारीरिक अवस्थाको बावजूद पनि पोर्न उद्योगमा आफ्नो कलाको अधिकतम प्रदर्शन गरिरहेका छन् । उनी पोर्न फिल्मको हिरो हुनुका साथै पोर्न फिल्मका निर्माता निर्देशक पनि हुन् ।
निशिकुनको वास्तविक नाम कोहे निशी हो । तर पोर्नस्टार बन्नका लागि उनले आफ्नो नाम परिवर्तन गरेर कोहे निशिकुन राखेका हुन् । निकुशनको कोमल अनुहार र एकदमै छोटो हाइटका कारण उनी एउटा सामान्य बच्चाजस्तै देखिन्छन् । तर उनी आफूसँग एउटा विशेष तागत जसकारण जापानमा उनको प्रतिस्पार्धाका लागि सक्षम कुनै पनि पोर्नस्टार नभएको बताउँछन् ।
तर धेरै मानिसहरुलाई उनको शरीरको आकार र निर्दोश अनुहार देखेर उनी कुनै चर्चित पोर्नस्टार हुन् भन्ने विश्वास नै नलाग्न सक्छ । तर निशिकुनको यो सफलतापछि एउटा ठूलो रहस्य लुकेको छ । वास्तवमा आफ्नो छोटो हाइटलाई लुकाउनका लागि निशिकुन सिनहरु सुतेर शूट गराउँछन् । दर्शकहरुले आफ्नो वास्तविक हाइट थाहा नपाउन भनेर धेरै सिन उनले सुतेर दिने गरेको बताउँछन् ।
निशिकुनको हाइट नबढ्नुको पछाडी उनी ‘मुकोपोलीस्याक्रिडोसिस’ रोगबाट ग्रसित छन् । यो एकप्रकारको ब्रेन ट्युमर हो । उनलाई यो रोगले बाल्यकालमा नै जकडेको थियो । यसकारण उनले आफ्नो करियरका लागि धेरै मेहेनत गर्नु परेको थियो ।
बिमारीका कारणले निशिकुनको खुट्टा र ढाडको हड्डी एकदमै कमजोर छ । यसकारण उनी धेरै समय उभिन सक्दैनन् । तर उनले अहिलेसम्म आफ्नो शारीरिक कमजोरीलाई काम अवरोध बन्न दिएका छैनन् । उनी यदि मनमा विश्वास भरिएको छ भने केही कुराले पनि आफुलाई हराउन नसक्ने बताउँछन् ।
The post तीन फिट हाइटका २४ वर्षीय यी पुरुष यसरी बने जापानी पोर्नस्टारका सुपरस्टार appeared first on Sajha Post.