काठमाडौँ, २० चैत्र । चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टी गरिएको छ । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए ।
मदनकृष्ण भावविह्वल हुँदा त्यहाँ अाएका धेरैकाे अाँशु थामिएन । उनलाई बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र केही आफन्तहरुले सम्हालिरहेका थिए ।
लामो समयदेखि क्यान्सरबाट पीडित ६७ वर्षीया यशोदाको सोमबार राति पौने ११ बजे हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो ।
उनलाई श्रद्धाञ्जली अर्पण दिनका लागि आफन्तजन, शुभचिन्तक तथा कलाकारहरु पशुपति आर्यघाट पुगेका थिए । यशोदाका दुई सन्तान यमन र सरना छन् ।
The post मदनकृष्ण पत्नी यशोदाको पशुपति आर्यघाटमा अन्त्यष्टी, भावविह्वल मदनकृष्ण appeared first on Sajha Post.