काठमाडौं, १३ चैत । नायक अनमोल केसीले अभिनय गरेकाे सफल चलचित्र ‘कृ’ का निर्माता सुवास गिरीमाथि गीत चोरीको आरोप लागेको छ ।
चलचित्रमा समावेश गरिएको ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ बोलको गीत चाेरी गरेकाे उनीमाथि अाराेप छ ।
आफ्नो चलचित्र ‘सम्झना’को गीत चोरी भएको भन्दै निर्माता निर्देशक शम्भु प्रधानले दिएकाे किटानी जाहेरीका अाधारमा प्रहरीले निर्माता गिरीलाई प्रहरी परिसर, टेकुमा बोलाएको हो । प्रधानले गीत चाेरीकाे अाराेपमा ‘कृ’ का निर्माता गिरीसहित भुवन केसी र संगीतकार अल्मोडा राना उप्रेतीविरुद्ध उजुरी हालेका थिए ।
The post गीत चोरीको आरोपमा चलचित्र ‘कृ’ का निर्मातालाई प्रहरीकाे निम्ताे appeared first on Sajha Post.