Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

विश्वास गर्नुहुन्न हाेला, तर यस्तो छ भारतीय धनाढ्य मुकेश अम्बानीका तीन सन्तानको पकेट खर्च

$
0
0

एजेन्सी, १३ चैत । भारतीय धनाढ्य परिवारकी बुहारी निता अम्बानीले आफ्ना तीन सन्तानको पालन पोषणबारे खुलासा गरेकी छिन् ।

इदिभालाई दिएको आफ्नो एक अन्तर्वार्तामा निताले आफ्ना सन्तानको स्कूले दिनहरुको चर्चा गरेकी छिन् । धनाढ्य परिवारका तीन सन्तानको पकेट खर्चबारे निताले भनिन्, ‘जब मेरा बच्चाहरु स्कूल जान्थे तब म उनीहरुलाई प्रत्येक शुक्रवार ५ रुपयाँ दिन्थे जसले उनीहरु स्कूलमा खाजा खान्थे ।’

उनले अगाडि भनिन्, ‘एकपटकको कुरा हो मेरो छोरा अनन्त दौडिएर मेरो नजिक आयो र दश रुपैयाँ माग्यो । जब मैले उसलाई पैसा किन चाहियो भनेर सोधे तब उसले स्कूलका उसका साथीहरुले उसलाई पाँच रुपैयाँ मात्र ल्याउने गरेको भनि जिस्काएको बतायो । उसलाई साथीहरुले तँ अम्बानी कि भिखारी भनेर जिस्काएको सुनेर मलाई नराम्रो लाग्यो ।’

तर उनीहरुको बुवा मुकेशले नै पैसा बचाउने कला आफ्नो बुवाबाट सिकेर आएको र त्यसैबाट उनी सफल भएको बताइन् । मुकेशले आफ्ना सन्तानले पनि त्यो कला सिकुन् भन्ने चाहेको निताले सुनाइन् ।

निता भन्छिन्, ‘यसकारण हामीले सधैं हाम्रा सन्तानलाई थोरैबाट धेरैको पाठ सिकायौं ।’ साथै निताले सधै आफ्ना सन्तानलाई सामान्य बच्चाहरु जस्तैगरी पाल्न चाहेको बताइन् । उनले आफूहरुले सन्तानलाई कहिल्यै पनि धनाढ्य भएको महसुस नगराएको बताइन् ।

The post विश्वास गर्नुहुन्न हाेला, तर यस्तो छ भारतीय धनाढ्य मुकेश अम्बानीका तीन सन्तानको पकेट खर्च appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles