Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

पोर्नस्टारलाई धम्काउने ट्रम्पको मानिसबारे स्टर्मीले गरिन् यस्तो खुलासा

$
0
0

एजेन्सी, १२ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नाम जोडिएर अहिले चर्चा र जिज्ञासाको विषय बनेकी पोर्नस्टार स्टर्मी डेनियल्सले ट्रम्पमाथि अर्को आरोप लगाएकी छिन् । उनले सन् २००६ मा डोनाल्ड ट्रम्पसँग राखेको यौन सम्बन्धबारे खुलासा नगर्न आफुलाई धम्की आइरहेको बताएकी छिन् ।

स्टर्मीले आफुलाई ट्रम्पको तर्फबाट धम्कीहरु आइरहेको बताएकी छिन् । सिबिएस न्यूजलाई दिएको एक अन्तरवार्तामा २०११ मा लस भेगस पार्कमा एकजना व्यक्तिले आफुलाई भेटेर ट्रम्पलाई एक्लै छोड्न धम्की दिएको बताइन् ।

आइतवार ६० मिनेट प्रसारित उक्त अन्तर्वार्ता कार्यक्रममा उनले आफुलाई धम्की दिने व्यक्तिको बारेमा बताएकी थिइन् ।
स्टर्मीले भनिन्, ‘मेरो कार पार्किङमा थियो र म आफ्नो छोरीसँग फिटनेस क्लासमा जाँदै थिए । एक व्यक्ति मेरो नजिक आयो र उसले मलाई ट्रम्पबाट टाढा रहन र जे जति भए त्यसलाई भुल्न भने ।’ त्यसपछि त्यस व्यक्तिले स्टर्मीको छोरीलाई इशारा गर्दै भनेको उनले सुनाइन्, ‘कति प्यारी बच्ची छ। यदि यसको आमालाई केही भयो भने त्यो राम्रो हुने छैन । यति भनेर उ त्यहाँबाट हिड्यो ।’

तर ट्रम्पले स्टर्मीको दावीलाई आधारहीन भएको बताएका छन् ।

पछिल्लो सप्ताह ट्रम्पका वकीलले स्टर्मीमाथि दुई करोडको मानहानीको मुद्दा दायर गरेको थियो ।

स्टर्मीले २०१६ मा भएको राष्ट्रपति चुनावभन्दा अघि ट्रम्पसँग मुख नखोल्ने सम्झौता गरेर त्यसलाई तोडेको आरोप ट्रम्पका वकीलहरुले लगाएका छन् । तर स्टर्मीले त्यसलाई आधारहीन भएको बताएकी छिन् ।

स्टर्मीको भनाइ अनुसार उनले एकपटक मात्र ट्रम्पसँग यौन सम्बन्ध राखेकी थिइन् । त्यो २००६ सालमा क्यालिफोर्निया र नेवादाबीचस्थित एक लेक टोहोय नामको होटलमा उनीहरुको भेट भएको थियो । त्यस समय ट्रम्प एक व्यवसायी थिए ।

The post पोर्नस्टारलाई धम्काउने ट्रम्पको मानिसबारे स्टर्मीले गरिन् यस्तो खुलासा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles