Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सञ्जिवको ‘देखेर तिमीलाई’ सार्वजनिक

$
0
0

काठमाडौं, ११ चैत । प्रवासमा बसेर पनि नेपाली गीतलाई माया गर्ने श्रष्टाहरु धेरै छन् । त्यसैको भीडमा रहेका श्रष्टा हुन डब्लुडिएनवाई सन्जिब । विगत पाँच वर्षदेखि युएई, दुबईमा बस्दै आएका सन्जिब संगीत पारखी मात्रै होइनन् उनी गायक पनि हुन । त्यसैको प्रमाण स्वरुप उनले पहिलो गीत सार्वजनिक गरेका छन् ।

सन्जिबकै स्वर तथा शब्द र कमल थापाको संगीतमा ‘देखेर तिमीलाई’ सार्वजनिक भएको छ ।

फोटोग्राफर कमल श्रेष्ठले छायांकन, सम्पादन तथा निर्देशन रहेको भिडियोमा दुबईको मारिना बीच, मरुभूमि र क्लबहरुको दृश्य देख्न सकिन्छ । हिप हप र्याप शैलीको गीतको भिडियोमा गायकसँगै मोडल रेबिका थापा मगरले फिचरिङ गरेका छन् । सुन्दर युवतीलाई देखेपछि कल्पना गरेका पललाई गीतमा प्रस्तुत गरिएको छ ।

भिडियो लिंक

The post सञ्जिवको ‘देखेर तिमीलाई’ सार्वजनिक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles