Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

किन मागे त शाहरुखले आमिरसँग सहयोग ?

$
0
0

एजेन्सी, ८ चैत । बलिउड बादशाह शाहरुख खानले मिस्टर परफेक्शनिस्ट मानिने अभिनेता आमिरसँग मद्दत मागेका छन् । मिडिया रिपोर्टका अनुसार शाहरुखले आफ्नो नयाँ फिल्म ‘स्यालिउट’ का लागि आमिरसँग सहयोग मागेका हुन् ।

हालै आफ्नो एउटा फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ सकेर इतिहासकै ठूलो मेगा बजेटको सिरिज ‘महाभारत’ गर्न लागेका आमिरलाई शाहरुख अघि फिल्म स्यालिउटको प्रस्ताव आएको थियो । आमिरले राकेश शर्माको त्यस बायोपिक फिल्मलाई गर्न पुरै तयारी पनि गरेका थिए । तर हजार करोडको सिरिजमा प्रमुख भुमिकाको लागि प्रस्ताव आएपछि उनले स्यालिउटलाई छोड्ने निर्णय गरेका थिए ।

आमिरले फिल्म नगर्ने भएपछि राकेश शर्माको फिल्म संकटमा परेको थियो । यसैक्रममा आमिरले फिल्मलाई न्याय दिने कलाकार खोज्न राकेशलाई सहयोग गर्ने भए । आमिरले नै शाहरुखलाई फिल्म गर्नका लागि आग्रह गरे । फिल्मको कहानी शाहरुखलाई सुनाएपछि शाहरुखलाई कहानी निकै मनपर्‍यो र उनले फिल्मको प्रस्ताव पनि स्वीकार गरे ।

स्रोतहरुका अनुसार शाहरुखले फिल्मका लागि आमिरसँग मद्दत पनि मागेका छन् । आमिरले स्यालिउट गर्ने भएपछि त्यसका लागि उनले धेरै तयारी र अनुसन्धान पनि गरेका थिए । राकेश शर्माकै जानकारी र सल्लाहमा शाहरुखले आमिरसँग फिल्मबारे आइडिया लिन मद्दत मागेका हुन् ।

The post किन मागे त शाहरुखले आमिरसँग सहयोग ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles