Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

फेरि चल्छ कि रेखा थापाकाे अर्को लफडा ?

$
0
0

काठमाडौं, ७ चैत। पार्टी फेरेजस्तै छ, रेखा थापाको साथी फेराई । एक समय निकै मिल्ने, पछि उहीसँग झगडा लफडा ! छवि ओझासँग औपचारिक विवाहबिनै १२ वर्ष पत्नी बनेर रहिन् । सम्बन्धमा एकपछि अर्को अफडै लफडा हुँदा उनीहरु छुट्टिए । आर्यनको त नामै उनले राखिदिएको निर्देशक श्याम भट्टराईसँग पनि पछि सम्बन्ध बिग्रियो र निखिल उप्रेती, विराज भट्ट, यशकुमार– यी कोहीसँग आजकाल बोलचाल छैन ।

प्रचण्डसँग चिनाइदिने चेतन सापकोटासँग पनि उनको बोलचाल बन्द छ । र, अहिले धेरै नजिकसँग पनि उनको बोलचाल बन्द छ । र, अहिले धेरै नजिकको सम्बन्धमा छिन्, चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग । रेखा फिल्म बनाउने त्यसलाई निकिताले डिस्ट्रिब्युसन गरिदिने सम्झौतामा छन्, उनीहरु ।

सम्झना उप्रेती रौनियारलाई निर्देशक लिएर फिल्म बनाउने क्रममा अहिले उनीहरु घुमघाममा छन्, इलाम, कन्याम, पाथिभरातिर । काठमाडौंमा धेरैको पैसा बिगारिदिएर बेपत्ता भएका हेटौंडाका ध्रुव न्यौपाने पनि यी तीन महिलाको पछि लागेका छन् । अरु त त्यस्तै हुन्, राम्रै करिअर बनाउँदै गरेकी निकितालाई रेखाले कुन कन्ट्रोभर्सीमा लगेर जाक्ने हुन् भनी उनका शुभचिन्तक चर्चा गर्दै छन् । जनआस्थामा खबर छ ।

The post फेरि चल्छ कि रेखा थापाकाे अर्को लफडा ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles