काठमाडौं, १६ असोज । नेपाली सुगम संगीतका एक हस्ती हुन् रामकृष्ण ढकाल । उनलाई नचिन्ने सायदै कम हाेलान् । ढकालले काठमाण्डौको पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा आफ्नो १५ औं गिती एल्बम एक भव्य समारोहबीच सार्वजनिक गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट ढकालको एल्बम सार्वजनिक गरिएको थियो ।
उनको याे एल्बममा ११ वटा गीत रहेको छ । उनको एल्वममा आनन्द अधिकारीदेखि नयाँ पुस्ताका एकनारायण भण्डारीसम्मले शब्द काेरेका छन् । एल्बममा उत्तम संजेल, आनन्द अधिकारी, बिनोद बन्जारा, रमेश वीजी, एक नारायण भण्डारी, देवेन गिरी, डा.आश बहादुर तामाङ, प्रज्जवल शमंशेर जबराको शब्द रहेको छ ।
The post पाँचतारे होटलमा रामकृष्णको १५ औं गिती एल्बम सार्वजनिक appeared first on Sajha Post.