एजेन्सी, १३ माघ । बलिउड निर्देशक संजय लिला भंसाली उनको फिल्मलाई लिएर विवादमा आउने गर्छन् ।
पछिल्लो पटक पद्यावती फिल्म पनि चरम विवादमा रह्यो । यस अघि उनले निर्देशन गरेको फिल्म गोलियो की रासलिला पनि विवादमा रह्यो ।
बाजीराव मस्तानीभन्दा पहिले भंसालीले दिपिका पादुकोण र रणवीर सिंहका साथ ‘रामलीला’ बनाएका थिए । चलचित्रको नामलाई लिएर चर्को विरोध भयो ।
त्यसैले मंसालीले चलचित्रको नाम गोलियो की रासलीला बनाए ।
चलचित्रको मुख्य भूमिका सरनेम ‘जडेजा’को राजपूत समुदायले विरोध गरेका थिए ।
चलचित्रमा प्रयोग गरिएको रवीन्द्र टेगोरको कविता ‘मोर बनी थनघट करे’लाई गुजरातमा गरिएको अनुवाद पनि विवादमा मुछिएको छ ।
The post यसकारण विवादमा रहेको थियो यो फिल्म appeared first on Sajha Post.