एजेन्सी, १२ माघ । फिल्म ‘पद्मावति’ २६ जनावरीबाट रिजिल हुँदैछ । यस फिल्मको चर्चासँगै सँगै सधै चर्चामा रहिरहेका दीपिका पादुकोन र रणवीर सिंहको पनि उत्तिकै चर्चा छ जो यस फिल्ममा प्रमुख भूमिकामा छन् । तर दिपिकाको जोडीको भूमिकामा रहेका साहिद कपूर भने उनीहरु जत्तिको चर्चामा आउन सकेका छैनन् ।
हालै केहि सेलाएपनि साहिद कुनै बेलाका एकदमै चर्चित अभिनेता हुन् । जो महिलामाझ ‘चक्लेटी हिरो ’ को उपनामबाट परिचित थिए । उनको प्रेम कहानी पनि त्यस्तै रह्यो कुनै समय खुब चम्कियो र एकाएक सेलाएर गयो । मिरा राजपूतसँग ७ जुलाई २०१५ मा वैवाहिक सम्बन्धमा बाँधिएका साहिद कुनै समय उनकै कोस्टार करिना कपूरसँग गहिरो प्रेम सम्बन्धमा थिए । तर उनको विवाहको ३ वर्ष अघि नै करिनाले सेफ अलि खानसँग विवाह गरेर त्यस सम्बन्धको विधिवत् रुपमा अन्त्य भएको घोषणा गरिन् ।
उनीहरुको त्यो असफल प्रेम सम्बन्ध २००४ मा रिलिज भएको फिल्म ‘फिदा ’ को सेटबाट सुरु भएको थियो । करिनाले आफै नै साहिदलाई प्रेम प्रस्ताव राखेकी थिइन् । ‘फिदा’ को सेटबाट साहिदप्रति फिदा भएकी करिनाले उनलाई कयौं म्यासेजहरु पठाएपछि साहिदले पनि उनको प्रस्तावलाई स्वीकार गरेका थिए । यो कुरा करिना आफैंले आफ्नो अन्तर्वातामा पनि बताएकी थिइन् ।
करिनाले बलिउडमा २००० मा कदम राखेकी थिइन् भने साहिदले २००३ राखेका थिए । उनीहरुको अनस्क्रिन जोडीले खासै जम्न नसकेपनि उनीहरुको अफस्क्रिन जोडीको चर्चा भने त्यससमय सञ्चार माध्यमको ठूलै कभरेज बनेको थियो ।
The post दीपिकाको पति साहिदको यस्तो थियो ‘ट्राजिक स्टोरी’ appeared first on Sajha Post.