Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

आमिरको ‘सेक्रेट सुपरस्टार’ले चीनमा कति कमायो ?

$
0
0

एजेन्सी, ७ माघ । बलिउड अभिनेता आमिर खानको फिल्म ‘सेक्रेट सुपरस्टार’ले चीनमा रेकर्ड बनाएको छ ।

आमिरको फिल्मले चीनमा दोस्रो दिनसम्म १ सय १० करोड ५२ लाखको व्यापार गरेर उनको अघिल्लो फिल्म ‘दंगल’को पनि रेकर्ड तोडेको हो । यस फिल्मले भारतमा पनि सय करोडको सिमालाई तोडेर भारतीय ‘लाइफटाइम विजनेस’लाई नाघेको व्यापार विश्लेषक तरान आदर्शले ट्वीटरमार्फत बताएका छन् ।

आमिरका फ्यानहरुले उनको यस नयाँ फिल्म ‘सेक्रेट सुपरस्टार’लाई ‘दंगल’भन्दा पनि उच्च तहमा राखेर सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । दंगलले चीनमा कूल दुई सय करोडको व्यापार गरेको थियो ।

जाइरा वसिम र आमिर आफैं अभिनित यस फिल्मले एकै दिनमा ४३ करोडको व्यापार गरेर बक्स अफिससमा रेकर्ड बनाएको छ ।
चीनमा ‘सेक्रेट सुपरस्टार’को यो सफलताको पछाडि यसअघिको ‘दंगल’ र ‘दंगल’ अघिको ‘पिके’को प्रभाव रहेको तरान आदर्शले बताए ।

यससँगै यो फिल्म सबैभन्दा धेरै कमाई गर्ने गैर अंग्रेजी चलचित्रमध्ये शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

The post आमिरको ‘सेक्रेट सुपरस्टार’ले चीनमा कति कमायो ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles