Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सलमानबारे यसो भन्छिन् जरीन

$
0
0

एजेन्सी, ७ माघ । बलिउड सुपरस्टार सलमान खानले धेरै अभिनेत्रीलाई लञ्च गराइसकेका छन् । त्यसमध्ये जरीन खान पनि एक हो । जरीनले सलमानसँग ‘वीर’मा काम गरेकी थिइन् । जरीन सलमानका कारण चर्चित भएकी अभिनेत्री हुन् ।

उनी अभिनित ‘हाउसफुल २’ र ‘हेट स्टोरी ३’ सुपरहिट भए । हालै जरीनले सलमानको प्रशंसा गरेकी छन् । उनले सलमान नभएको भए आफू बलिउडमा नहुने भन्दै उनको खुलेर प्रशंसा गरिन् ।

जरीनले भनिन्, ‘सलमान यस्ता मानिस हुन् जो मेरो प्रिय, मेरो खास र मेरो दिल नजिक रहन्छन् । किनकी, मैले उनीसँग काम नगरेको भए म अहिले यस क्षेत्रमा हुने थिइनँ । मैले यसबारे केही पनि योजना बनाएकी थिइनँ । मलाई जुनप्रकारको शुरुआत मिल्यो त्यो एक सपनाजस्तै थियो ।’

जरीन सलमानसँग फिल्म ‘रेड्डी’मा देखिइसकेकी छन् ।

The post सलमानबारे यसो भन्छिन् जरीन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles