एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीको बायोपिक फिल्म ‘धोनी-द अनटोल्ड स्टोरी’ शनिबारबाट प्रर्दशनमा आएको छ । आफ्नो फिल्मको प्रमोशनका लागि हरेक कलाकारहरु व्यस्त हुने प्रचलन जस्तै छ । त्यस्तै यो फिल्मको प्रमोशनको लागि धोनी पनि अघि सरेका छन् । यो फिल्मका धोनीको भूमिकामा सुशान्त सिंह राजपुत प्रस्तुत भएका छन् ।
धोनीलाई कपिल शर्माले आफ्नो शो मा बोलाएका थिए । तर धोनी चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ मा फिल्मको प्रमोशनका लागि जान अस्वीकार गरिदिएका छन् । धोनीलाई कार्यक्रममा ल्याउनका लागि कपिलले निकै नै पहल गरेका थिए । तर धोनीले कपिलको निमन्त्रणा नकारेका छन् । कपिल शर्माको शो मा धोनी किन नगएको भने खुलाइएको छैन ।
जुन कुनै फिल्म प्रर्दशनमा आउनु अगाडी कपिलको शो लाई फिल्म प्रमोशनका लागि रामै थलो मानिन्छ । तर धोनी मिडियासँग अलि टाढा रहने भएकाले यस्तो गरेको हुनसक्ने अनुमान लगाइएको छ । कपिलको शो मा बलिउडका सुपरस्टारहरु सलमान खान, शाहरुख खान समेत पुगिसकेका छन् ।
The post फिल्म प्रमोशनका लागि कपिलको शो मा किन गएनन् धोनी ? appeared first on Sajha Post.