काठमाडौं, १५ असोज । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले सिन्धुपाल्चोकमा निर्माणाधीन गिरान्चौर एकीकृत बस्ती पूर्व निर्धारित समयमा सम्पन्न गर्न नसकेको भन्दै माफी मागेका छन् ।
बस्ती निर्माण सुरु गर्दा घटस्थापनाको दिन हस्तान्तरण गर्ने लक्ष्य राखिएपनि सो लक्ष्य पुरा नभएपछि उनले प्रेस विज्ञप्ति र भिडियोमार्फत सहयोगीदाता र शुभचिन्तकसँग क्षमायाचना गरेका हुन् । निरन्तरको झरीले काममा निकै बाधा पुर्याएकाले दशैँ अघि बस्ती हस्तान्तरण गर्न नसकिएको धुर्मुस सुन्तली फाउण्डेशनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दिनरात खट्दा पनि तोकिएको समयमा काम सम्पन्न नभएकोप्रति दुःख व्यक्त गर्दै फाउण्डेशनका अध्यक्ष धुर्मुसले दशैँ नै गिरान्चौरमा बसेर मनाउने बताएका छन् । तोकिएको समयमा काम गर्न नसक्दा राजनीतिक दल र सरकारका जिम्मेवार नेताहरुले माफी मागेको खासै पाइँदैन । तर धुर्मुसको समूहले भने भनेको समयमा विभिन्न कारणले काम सक्न नसकेपछि माफी मागेका हुन् ।
भिडियो हेर्नुहोस्-
The post घटस्थापनामा घर दिन नसकेपछि माफी मागे धुर्मुसले (भिडियो) appeared first on Sajha Post.