एजेन्सी । भारतको सर्जिकल स्ट्राइकपछि पाकिस्तानमा एक प्रकारको चिन्ता उत्पन्न भएको छ । जुन कार्यले भारतमा खुशियाली मनाइरहेका छन् भने मोदीले वाहीवाही पाइरहेका छन् । यसै बीच सलमान खानले पाकिस्तानी कलाकारलाई लिएर एक बयान दिएका छन् । फिल्म निर्माताहरुको छाता संगठन इम्पाले पाकिस्तानी कलाकारलाई बलिउडमा काम गर्न रोक लगाएका थिए । तर सलमान खानले भने पाकिस्तानी कलाकारको समर्थन गरेका छन् ।
तीनै पाकिस्तानी कलाकारलाई भारत छोड्न एमएनएस पार्टीले धम्की दिएको थियो । एमएनएस को धम्कीका कारण करण जोहरको फिल्ममा काम गरेका फवाद खान र शाहरुखको फिल्म रईसकी हिरोइन माहिरा पाकिस्तान फर्किएका थिए । बलिउडका केही हस्तीले एमएनएस को उक्त धम्कीलाई सही ठानेका थिए । तर सलमान खानले भने छुट्टै खाले टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘आतंककारी र कलाकारमा फरक हुन्छ ।’
सलमान खानको बयानपछि एमएनएस एकपटक फेरि सक्रिय देखिएको छ । एमएनएसले भनेको छ, ‘यदि कोही पाकिस्तानी कलाकार भारतमा आएर काम गर्छ भने हामी त्यसको विरोध गर्नेछौं ।’ उसले खुलेरै भनेको छ कि सलमान खान पाकिस्तानी कलाकारको समर्थन गर्छ भने आउने दिनमा एमएनएस उसको बिरुद्द पनि सडकमा उत्रने सक्नेछ ।
एमएनएसको यो बयानपछि सलमान खानले फेरि पनि पाकिस्तानी कलाकारको समर्थन गर्लान् त ?
यी हुन् बलिउडमा काम गर्ने चर्चित पाकिस्तानी कलाकार :
बलिउडमा काम गरिरहेका पाकिस्तानी कलाकारहरुमा फवाद खान, अली जफर, जावेद शेख, वीना मलिक र माहिरा खानको नाम अगाडी आउने गर्छ । त्यसका साथै गुलाम अली, राहत फतेह अली खान र आतिफ असलम र गायकहरुमा पनि भारतमा केही चर्चित छन् ।
The post पाकिस्तानी कलाकारको समर्थनमा सलमान, के भने यस्तो ? appeared first on Sajha Post.