काठमाडौं, ३ माघ । बहुप्रतिक्षित नेपाली फिल्म ‘लिलीबिली’को पहिलो गीत ‘इज इट लभ’ नेपालको युट्युब ट्रेन्डिङमा शीर्ष स्थानमा रहन सफल भएको छ ।
प्रताप दास र मेलिना राईको स्वर रहेको गीतमा अभिनेता प्रदिप खड्का र जसिता गुरुङको अभिनय देख्न सकिन्छ । विदेशका विभिन्न ठाउँमा खिचिएको यस गीतको म्युजिक भिडियो निकै सुन्दर देखिएको छ ।
अलिष कार्कीले संगीत भरेको गीतलाई सुदीप बरालले खिचेका हुन् । यसको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।
The post ट्रेन्डिङ नम्बर एकमा प्रदिप र जसिताको ‘इज इट लभ’ (भिडियोसहित) appeared first on Sajha Post.