Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउडमा प्रवेश गर्ने यी हुन् दोस्रो सन्नी लियोनी

$
0
0

एजेन्सी, ३ माघ । ‘सत्या’, ‘कम्पनी’ र ‘सरकार’ जस्ता फिल्महरु निर्देशन गरिसकेका चर्चित निर्देशक रामगोपाल बर्मा फेरी बलिउडलगायत सञ्चारमाध्महरुमा चर्चाको विषय बनेका छन् । उनलाई चर्चाको विषय बनाउने अरु केहि नभएर उनकै आउन लागेको नयाँ फिल्म ‘गड, सेक्स एन्ड ट्रुथ’ हो ।

यस चलचित्रको मुख्य भूमिकामा देखिँदैछिन् पोर्नस्टार मिया मालकोवा । मिया २५ वर्षीया अमेरिकी नागरिक हुन् । उनी प्रोनोग्राफी उद्योगकी एकजना चर्चित हस्ती हुन् । मियालाई यस उद्योगमा चर्चित पोर्नस्टार नताशा मालकोवाले प्रवेश गराएकी हुन् ।

मियाले आफ्नो छोटो समयमा नै पोर्न फिल्महरुमा आफ्नो कला प्रदर्शन गरेर धेरैवटा अवार्डहरु जितिसकेकी छिन् । २०१२ मा यस उद्योगमा कदम राखेकी मियाको हाल भारतमा एकदमै ठूलो चर्चाको विषय बनेकी छिन् । यसको कारण उनी बलिउडमा सन्नी लियोनी पछिको यस उद्योगमा काम गर्न आउने दोस्रो कलाकार हुन् ।

मियाले पछिल्लो हप्ता एक फिल्म पोस्टरको साथमा युरोपमा आफू ‘गड, सेक्स एन्ड ट्रुथ’ को भिडियो सुट गरिरहेको र सन्नी लियोनीपछि भारतीय फिल्म क्षेत्रमा कदम राख्ने दोरो पोर्नस्टार भएको ट्वीटरमार्फत् सार्वजनिक गरेकी थिइन् ।

फिल्मको ट्रेलरमा मिया महिलाहरुको शरिर र यौन इच्छाबारे कुरा गरेको देखिन्छिन् । रामगोपालको यस फिल्मलाई यौन दर्शनको दृष्टिबाट क्रन्तिकारी फिल्म भएको बताइएको छ ।

The post बलिउडमा प्रवेश गर्ने यी हुन् दोस्रो सन्नी लियोनी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles