Quantcast
Viewing all articles
Browse latest Browse all 3084

आमा बन्दै नायिका निशा अधिकारी

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, १७ पुस । २०१८ को सुरुवातसँगै नायिका नीशा अधिकारीले आफ्ना फ्यानहरुलाई खुसीको खबर साटेकी छिन् । क्रिकेटर शरद भेष्वाकरसँग ७ महिना अघि लगनगाँठो कसेकी निशा आमा बन्न लागेकी हुन् । अंग्रेजी नयाँ बर्षको अवसर पारेर उनले फेसबुकबाट यस्तो जानकारी सेयर गरेकी हुन् ।

नीशाले आफू गर्भवती भएको ५ महिना भएको समेत जनाएकी छिन् ।

चलचित्र ‘झ्यानाकुटी’ निर्माण गरेकी नीशाले चलचित्र रिलिज भएपछि आमा भएको घोषणा गरेकी हुन् । उनले, आफूले थाहा नपाइ नै आफू आमा भैसकेको लेखेकी छिन् । जुन दिनदेखि आफ्नो पेटमा बच्चा बस्यो, सोहि दिनदेखि आफू आमा भैसकेको उनले बताइन् ।

The post आमा बन्दै नायिका निशा अधिकारी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles