Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘टाइगर जिन्दा हे’को हालसम्मको कमाइ कति ?

$
0
0

एजेन्सी, १८ पुस । हालै रिलिज भएको बलिउड सुपरस्टार सलमान खानको फिल्म टाइगर जिन्दा हे ले बक्स अफिसमा सानदार
कमाइ गरिराखेको छ । रिलिज भइसकेको दोस्रो साता पनि टाइगर जिन्दा हेले दर्शकहरुलाई हलमा तानिरहेको छ ।

हालसम्म यो फिल्मले २५४.७५ करोड भारतीय रुपैयाँ कमाउन सफल भएको छ । फिल्म समिक्षकहरुका अनुसार यो फिल्म ३०० करोडको बक्स अफिसमा प्रवेश गर्नेछ । सन् २०१२ पश्चात सलमान खानले खेलेका फिल्महरुले हालसम्म एक सय करोडभन्दा बढीको व्यापार गरिरहेका छन् ।

यस फिल्मको माध्यमबाट सलमान–कट्रिनाको जोडी पाँच वर्षपछि पुन पर्दामा देखिएको छ । यस फिल्मका कारण कटरिनाको ओरालो लागेको फिल्म करिअर पनि लयमा आउने फिल्म समिक्षकहरु बताउँछन् ।

The post ‘टाइगर जिन्दा हे’ को हालसम्मको कमाइ कति ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles