एजेन्सी, १७ पुस । बलिउड नायिका विद्या बालन सफल र लोकप्रिय नायिकामध्ये पर्छिन् । फिल्म जगतमा सफलता पाउनका लागि उनले शुरुमा निकै मेहेनत र संघर्ष गर्नु परेको थियो ।
शुरुमा बलिउडमा प्रवेश गर्न निकै मुश्किल परेको विद्या बताउँछिन् । एक पटक निर्माता विधु विनोद चोपडाले विद्याको नाक लामो भएकाले सर्जरी गर्नुपर्ने भनेका थिए । यो सुनेर निकै दुखित बनेकी विद्याले तत्काल प्रदिप सरकारलाई भनेकी थिइन, ‘मैले आफ्नो नाकको सर्जरी गर्न सक्दिनँ । मलाई फिल्ममा राख्ने हो भने यही अवस्थामा राख्नुहोस् नत्र म काम गर्दिनँ ।’ विद्याको जवाफ सुनेपछि सर्जरी गर्न आवश्यक नभएको र उनले फिल्म खेल्न सक्ने प्रदिपले बताएका थिए ।
‘तुम्हारी सुलु’, ‘डर्टी पिक्चर’ जस्ता सुपरहिट फिल्म दिइसकेकी ३८ वर्षीया विद्यालाई अझैपनि अनौठा–अनौठा सल्लाह दिने मानिसको कमी छैन । केही मानिसले अनुहारमा भएका रेखा हटाउनका लागि उपचार गर्नु पर्ने बताएका थिए । तर ‘आफू जस्ती छु, त्यस्तै हुनु जरुरी छ । यसले गर्दा नै कलाकार परफेक्ट हुन सक्छन्,’ भनेर जवाफ दिएकी थिइन् ।
The post निर्माताले नै विद्या बालनको नाक लामो छ भनेपछि… appeared first on Sajha Post.