एजेन्सी, १६ पुस । बलिउड सुपरस्टार रजनिकान्तले राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका छन् । उनले भ्रष्टाचार तथा बेथितिका विरुद्ध लड्नका लागि नयाँ राजनीतिक दल खोल्ने तयारीमा छन् ।
लामो समय फिल्म क्षेत्रमा रहेर नाम कमाएका रजनिकान्त राजनीतिमा प्रवेश गर्न लागेका हुन् । यतिबेला राजनीति गर्नुपर्ने आवश्यकता भएको उनको भनाइ रहेको छ । ‘अहिले राजनीतिक अवस्था निकै खराब भइरहेको छ । यदि म राजनीतिमा लागिनँ भने यो जनताका लागि धोका हुने छ,’ सञ्चार माध्यमसँग कुरा गर्ने क्रममा उनले भने ।
राजनीतिको नाममा हुने लुटतन्त्रलाई जरैदेखि उखेलेर फाल्नु पर्ने समय आएको समेत रजनिकान्तले बताएका छन् । चारैतिर भष्ट्राचार मौलाएको र यसका विरुद्ध आफू उभिने उनको भनाइ रहेको छ । ‘सत्ताको दुरुपयोग गर्ने प्रवृतिका विरुद्ध म सधैं उभिने छु,’ उनले भने ।
नयाँ क्षेत्रमा प्रवेश गर्दा आफूलाई डर नलागेको रजनिकान्तले बताएका छन् । तर उनलाई मिडियासँग भने निकै डर लाग्ने रहेछ । ‘म राजनीति प्रवेश गर्न डराउँदिन तर मिडियासँग भने निकै डर लाग्छ,’ उनले भने । यही भएर आगामी दिनमा मिडियासँग सम्बन्ध राख्दा आफू निकै सतर्क रहने समेत उनले बताएका छन् ।
The post यस कारण राजनीतिमा प्रवेश गर्दैछन् रजनिकान्त appeared first on Sajha Post.