Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कंगना भन्छिन्– महिलाको जीवन पुरुषका लागि होइन

$
0
0

एजेन्सी, १४ पुस । बलिउड अभिनेत्री कंगना रनौतले फिल्म र वास्तविक जीवनमा आफूलाई आदर्श नायिका मान्दिनन् । कसैको करकापमा नपरी महिलाले आफ्नो जिन्दगी आफ्नै तरिकाले जिउनु पर्ने उनको तर्क छ ।

आफ्नो नीजि तथा व्यावसायिक जीवन तथा संघर्षबारे खुलेर कुरा गर्ने नायिकामा पर्छिन्, कंगना । भारतीय समाज महिलाका लागि सहिष्णु नभएको र महत्वाकांक्षी महिलालाई खलनायिकाको रुपमा हेरिने गरेको उनको भनाइ छ ।  आफ्नो तरिकाले जीवन जिउन चाहने तथा आफ्नो अधिकारका लागि लड्ने महिलालाई विद्रोहीका रुपमा हेरिने गरेको उनको बुझाइ छ ।

मध्यकालीन मूल्य, मान्यता तथा मापदण्डअनुसार चल्दा कुनै–कुनै मानिसलाई निकै सुविधा र फाइदा हुने भएकाले उनीहरु पुरुषको शिकार बन्ने गरेको कंगना बताउछिन् । एक्काइसौं शताब्दीमा पनि महिलालाई आफ्नो आवाज उठाउन कठिन रहेको कंगनाको बुझाइ छ । सञ्चारकर्मीसँग हालै उनले भनेकी थिइन्, ‘मैले सधैं आफूलाई प्राथमिकता दिने गर्छु । असल महिलाले आफ्नोबारेमा सोच्नु हुँदैन भन्ने सिद्धान्तलाई मान्दिनँ । यस्ता सिद्धान्त महिलाले बलिदान गर्नुपर्छ भन्छन् । मेरो जिन्दगी मेरो हो यसलाई आफ्नै लागि जिउन चाहन्छु ।’

यस क्रममा आफू, आफ्नो क्षमता जान्न चाहेको तथा यसलाई उपयोग गर्न चाहेको बताएकी थिइन् । महिलाको जीवन पुरुषकालागि नभएको समेत बताइन् । आफूलाई भुलेर अरुको सेवा गर्ने आम भारतीय महिलाभन्दा फरक भएको उनको भनाइ रहेको थियो ।

The post कंगना भन्छिन्– महिलाको जीवन पुरुषका लागि होइन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles