एजेन्सी, ९ पुस । कुनै समय बलिउडका चर्चित कलाकारहरु शाहरुख खान र प्रियंका चोपडाको सम्बन्धलाई लिएर ठुलै चर्चा हुने गथ्र्यो ।
हालै शाहरुख खानलाई सम्मान गरिने भनिएको एक अवार्ड कार्यक्रममा प्रियंका चोपड़ालाई पनि निम्तो दिइएको थियो ।
सो कार्यक्रममा शाहरुख बाहिरिए तबमात्र प्रियंका स्टेज भित्र प्रवेश गरिन् ।
केही वर्षअघि सम्म शाहरुख र प्रियंका बीच फिल्म ‘डन २ को शुटिंग ताका मित्रता थियो । कतिपय मिडियाले त उनीहरुबीच लवअफयेर भएको समेत हल्ला चलाएका थिए ।
शाहरुख पत्नी गौरीले यी दुई बिचको सम्बन्धमा हस्तछेप गरेपछि उनीहरुबीच सम्बन्ध बिग्रिएको थियो । त्यसपछि उनीहरु एकसाथ देखिएका थिएनन् । यो घटनाले पनि उनीहरुबिच राम्रो सम्बन्ध नभएको बताइएको छ ।
The post यसकारण बोल्दैनन् शाहरुख र प्रियंका appeared first on Sajha Post.