एजेन्सी, ९ पुस । पेटाद्वारा आयोजित एक ‘हटेस्ट भेजिटेरियन सेलिब्रेटी’ प्रतियोगिताको उपाधि बलिउड अभिनेत्री आलिया भट्ट र राजकुमार रावले जितेका छन् । जितसँगै उनीहरु ‘हटेस्ट भेजिटेरियन’ बनेका छन् ।
यस उपाधिको दाबेदारमा शाहिद कपूर, अमिताभ बच्चन र सनी लियोनी समेत थिए । यसबाहेक कंगना रनावत, आर. माधवन र श्रीदेवी समेत यस प्रतियोगितामा सामेल थिए ।
कार्यक्रममा आलियाले शाकाहारी खानाको महत्व बताएकी थिइन् । उनका अनुसार स्वस्थ जीवनका लागि शाकाहारी खाना जरुरी मानिन्छ । उपाधि विजेताका अनुसार मासु सेवनले जनावरहरुलाई कष्ट हुन्छ, जुन राम्रो होइन ।
The post ‘हटेस्ट भेजिटेरियन सेलिब्रेटी’को उपाधि आलिया र राजकुमारलाई appeared first on Sajha Post.