एजेन्सी, २० मंसिर । बलिउड अभिनेत्री नेहा धूपिया यतिबेला मिडियामा छाउकी छन् । उनले एकातर्फ फिल्म ‘तुम्हारी सुलु’का लागि एक अवार्ड हात पारिन् भने अर्कातर्फ नयाँ प्रेमीसँग रोमान्स गरिरहेकी छन् । यसैकारण उनको बलिउडमा चर्चा बढेको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार आजकाल उनी अंगद बेदीसँग डेट गरिरहेकी छन् । केहीवर्ष पहिलासम्म नेहा धूपिया भेनेजुएला निवासी जिम्मी उर्फ जेम्स सेल्भेस्टरसँको प्रेमसम्बन्धमा थिइन् । नेहालाई भेट्न उनी बेलाबेलामा भारत समेत आउने गर्थे । तर, जिम्मीसँग नेहाको ब्रेकअप भयो ।
नेहा धूपियाको जीवनमा पुन: खुशीयाली आएको छ । यसपटक उनको क्रिकेटर बिशन सिंह बेदीका छोरा अंगद बेदीसँग प्रेम भएको छ । आजकाल नेहा र अंगद एकअर्कासँग लामै समय बिताइरहेका छन् । हालै यी दुई जाहिर खानको एक पार्टीमा एकसाथ देखिएका थिए ।
नेहाले भने अंगदसँगको प्रेमसम्बन्धबारे केही पनि खुलाएकी छैनन् ।
The post विदेशी प्रेमीलाई पाखा लगाउँदै अंगदसँग नेहाको प्रेम ! appeared first on Sajha Post.