एजेन्सी, २१ मंसिर । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली चाँडै वैवाहिक बन्धनमा बाँधिन लागेको खबर आइरहेको छ । तर, उनीहरु बिहेपछि कहाँ बस्लान भन्ने आममानिसले चासो राख्दै आएका छन् ।
बताइएअनुसार विराट-अनुष्काले विवाहपछि बस्ने ठाउँको निधो गरिसकेका छन् । उनीहरुले आफ्नो लागि मुम्बईमा करोडौं रकमको एक अपार्टमेन्ट खरिद गरेका छन् ।
मुम्बईको वर्ली क्षेत्रमा ओंकार नाम गरेको अपार्टमेन्ट कोहलीले किनेका हुन् । कोहलीले उक्त घर सन् २०१८ को मध्यतिर पाउनेछन् ।
अनुष्कासँग प्रेमसम्बन्धमा बाँधिएपछि विराट मुम्बई नै बस्ने गरेका छन् । जसकारण बिहेपछि पनि अनुष्का मुम्बईमा बसेर बलिउडमा करियर बनाउन सक्नेछिन् ।
The post बिहेपछि ३४ करोडको घरमा बस्नेछन् विराट-अनुष्का (तस्बिरसहित) appeared first on Sajha Post.