Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

आलिया-सिद्धार्थबीच पुन: झगडा

$
0
0

एजेन्सी, २० मंसिर । केही दिन पहिले आलिया भट्ट र सिद्धार्थ मल्होत्रा एकसाथ देखिएपछि उनीहरुको सम्बन्धमा सुधार आएको पाइएको थियो । बताइएअनुसार मुम्बईको अलीबारामा भएको शाहरुख खानको बर्थ डे पार्टीमा करण जोहरले आलिया र सिद्धार्थको प्याचअप गराइदिएका थिए ।

उक्त पार्टीपछि आलिया सिद्धार्थको टि-शर्टमा पनि देखिएकी थिइन् । केही दिन नजिकिएपछि एकपटक पुन: उनीहरु टाढिएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । आलिया र सिद्धार्थबीच फेरि अहिले बोलचाल बन्द भएको छ । हालै आलिया र सिद्धार्थम मुकेश अम्बानीको पार्टीमा पुगेका थिए ।

आलिया र सिद्धार्थ धेरैबेरसम्म मुकेश अम्बानीको पार्टीमा बसे तर उनीहरुले एकअर्कालाई भेटेनन् । आलिया पूरै समय कट्रिनासँग बिताइन् भन् सिद्धार्थ पनि ज्याकलिन र नेहा धूपियासँग बिजी थिए ।

गोवामा सम्पन्न भएको एक फिल्म फेस्टिभलमा पनि उनीहरुबीच बोलचाल भएको थिएन । यससँगै उनीहरुबीच पुन: सम्बन्धमा दरार उत्पन्न भएको पाइएको छ ।

The post आलिया-सिद्धार्थबीच पुन: झगडा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles